
केएर नेपालको सहयोग, समुन्नत नेपाल र समग्र जन उत्थान केन्द्रको प्राविधिक सहयोग तथा धनगढीमाई नगरपालिकाको आयोजनामा धनगढीमाई नगरपालिकाको आगामी १० वर्षाका लागि नगर शिक्षा योजना निर्माण, अन्तिमीकरण र अनुमोदनसम्बन्धी कार्यशाल २०८१ कात्तिक ९ गते सम्पन्न भयो । उक्त कार्यशालामा धनगढीमाई नगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्षहरू, कार्यपालिकाका पदाधिकारी, प्रधानाध्यापकलगायतको सहभागिता रहेको थियो । कार्यशालामा गत असार १७ गते गठित लेखन कार्यदलले तयार गरेको मस्यौदा माथि छलफल, योजनमा समावेश गर्नुपर्ने कार्यक्रम, त्यसको बजेट सहित अन्तिम रूप दिइयो । यसलाई नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष, शिक्षा शाखा लगायबाट अझ मिहिन रूपमा अध्ययन गरी आगामी कार्यपालिका तथा नगर सभाबाट पारित गर्ने योजना रहेको छ । नगर शिक्षा योजना निर्माणका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक निलकण्ठ ढकाल सरले सहजीकरणाका साथै प्राविधिक सहयोग गर्नुभएको थियो । यस महान कार्यका लागि सहयोग गर्नुहुने सबै महानुभाव प्रति समुन्नत नेपाल आभार व्यक्त गर्न चाहन्छ ।
Latest Events
- लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण प्रशिक्षक प्रशिक्षण कार्यशाला
- उद्यमशीलता माइनसेट र आइडिया विकासका लागि कार्यशाला
- अनौपचारिक तथा वैकल्पिक शैक्षिक कार्यक्रम अन्तर्गत खेल्दै सिक्ने केन्द्रका सहजकर्ताको क्षमता विकास कार्यशाला
- युवाका लागि लैङ्गिकता, जीवनोपयोगी सिप र वित्तीय शिक्षा कार्यक्रमको सम्पन्न समारोह
- अनौपचारिक शिक्षा तथा आजीवन शिक्षाका सामग्री प्रबोधीकरण