
समुन्नत नेपालले अफ्लाटुन इन्टरनेशलनको सहयोगमा सञ्चालन गरिरहेको लैङ्गिकता, जीवनोपयोगी सिप र वित्तीय शिक्षा अन्तर्गत ३ ओटा विद्यालयका २४ जना विद्यार्थीहरूका लागि उद्यमशीलता माइनसेट र आइडिया विकाससम्बन्धी ४ दिन तालिम कार्यशाला २०८१ माघ १७ बाट सुर्खेतको विरेन्द्रनगरमा सुरू गरेको छ । उक्त तालिम कार्यशालाबाट विद्यार्थीहरूले वित्तीय शिक्षा र उद्यमशीलतालाई विद्यालयका साथीहरूमा बाल संगठनमार्फत पुस्तान्तरण गर्दै जाने र नवीनतम उद्यम छनोट गरी सञ्चालन गर्ने छन् । यसका लागि संस्थाले बढीमा ५० हजारसम्म विज रकम उपलब्ध गराउने कार्यक्रमसमेत रहेको छ ।
Latest Events
- लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण प्रशिक्षक प्रशिक्षण कार्यशाला
- अनौपचारिक तथा वैकल्पिक शैक्षिक कार्यक्रम अन्तर्गत खेल्दै सिक्ने केन्द्रका सहजकर्ताको क्षमता विकास कार्यशाला
- युवाका लागि लैङ्गिकता, जीवनोपयोगी सिप र वित्तीय शिक्षा कार्यक्रमको सम्पन्न समारोह
- अनौपचारिक शिक्षा तथा आजीवन शिक्षाका सामग्री प्रबोधीकरण
- नगर शिक्षा योजनाको अन्तिमीकरण तथा अनुमोदनसम्बन्धी कार्यशाला