अनौपचारिक तथा वैकल्पिक शैक्षिक कार्यक्रम अन्तर्गत खेल्दै सिक्ने केन्द्रका सहजकर्ताको क्षमता विकास कार्यशाला

Published at: 9 months ago

अनौपचारिक तथा वैकल्पिक शैक्षिक कार्यक्रम अन्तर्गत खेल्दै सिक्ने केन्द्रका सहजकर्ताको क्षमता विकाससम्बन्धी ६ दिने कार्यशाला यही २०८१ पौष १२ देखि १७ गतेसम्म महोत्तरीको बर्दिबासमा सम्पन्न भयो । उक्त कार्यशालामा नेपालगञ्ज, मर्चवारी, रत्ननगर, काठमाडौ १५, जनकपुरधाम र शहीदनगर नगरपालिकामा सञ्चालिन १५ ओटा खेल्दै सिक्ने केन्द्रका सहजकर्ता, कक्षा परिचालक, संस्था प्रतिनिधिसहित ३५ जनाको सहभागिता रहेको थियो । कार्यशालाको सहजीकरण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका निलकण्ठ ढकाल, समुन्नत नेपालका पवन कुमार अधिकारी र नवराज जोशीले सहजीकरण गर्नुभएको थियो । कार्यशालामा युनिसेफ‌ मधेश प्रदेशबाट इन्द्र प्रसाद गुप्ता, सजना सुनुवार र कामदेव खनाल सर उपस्थित भइ केही विषयवस्तुमा सहजीकरणका साथै तालिमको अवलोकन गर्नु भएको थियो । खेल्दै सिक्ने केन्द्रका लागि तह १ र २ को संश्लेषित पाठ्यक्रममा आधारित ३१८ ओटा सिकाइ कार्डको प्रयोग र अभ्यासलाई जोड दिइएको थियो ।