
शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षक तालिम केन्द्र, बाराको आयोजनामा मधेश प्रदेशमा रहेका ८ ओटै जिल्लाका रोष्टर प्रशिक्षकहरूका लागि पाँच दिने लैङ्गिक समानता तथा समाजिक समावेशीकरणसम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यशाला महोत्तरीको बर्दिबासमा सञ्चालन भइरहेको छ । उक्त कार्यशलामा रोष्टर प्रशिक्षक १८ जना र केएर नेपालका ७ जना गरी २५ जनाको सहभागिता रहेको छ । कार्यशालाका लागि केएर नेपालको सहयोगमा समुन्नत नेपालले समन्वय गरिरहेको छ । कार्यशालामा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गौरी शंकर पाण्डे, चिनाकुमारी निरौला, शैक्षिक तालिम केन्द्र, बाराका प्रमुख महेन्द्र महतो, केएर नेपालकी निर्मला महर्जनले सहजीकरण गरिरहनु भएको छ ।
Latest Events
- उद्यमशीलता माइनसेट र आइडिया विकासका लागि कार्यशाला
- अनौपचारिक तथा वैकल्पिक शैक्षिक कार्यक्रम अन्तर्गत खेल्दै सिक्ने केन्द्रका सहजकर्ताको क्षमता विकास कार्यशाला
- युवाका लागि लैङ्गिकता, जीवनोपयोगी सिप र वित्तीय शिक्षा कार्यक्रमको सम्पन्न समारोह
- अनौपचारिक शिक्षा तथा आजीवन शिक्षाका सामग्री प्रबोधीकरण
- नगर शिक्षा योजनाको अन्तिमीकरण तथा अनुमोदनसम्बन्धी कार्यशाला