अनौपचारिक शिक्षा तथा आजीवन शिक्षाका सामग्री प्रबोधीकरण

Published at: 9 months ago

केएर नेपालकाे सहयाेग, शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँगको समन्वयमा मधेश प्रदेशमा अनौपचारिक शिक्षाको क्षेत्रमा कार्यरत गैरसरकारी संस्था, सामुदायिक सिकाइ केन्द्रसहित २४ जनाको सहभागितामा अनौपचारिक तथा वैकल्पिक शैक्षिक कार्यक्रमका लागि तयार गरिएको संश्लेषित पाठ्यक्रम, सिकाइ सामग्री र सहजकर्ता मार्गदर्सन पुस्तिकाको ३ दिन प्रबोधीकरण तथा सहजीकरणसम्बन्धी तालिम सिराहको लाहानमा २०८१ पौष ६ देखि ८ गतेसम्म आयोजना गरिएको थियो । उक्त तालिम कार्यशालामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका निलकण्ठ ढकाल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका बैकुण्ठ आचार्य, केएर नेपालका रविन्द्र कुमाल र समुन्नत नेपालका पवन कुमार अधिकारीले सहजीकरण गर्नुभएको थियो ।